एभरेष्ट बैंकद्वारा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 08:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले Global Money Week - 2024 को उपलक्ष्यमा सो कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल / क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको जनाएको छ ।

Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना बैंकले गराएको हो ।

बैंकले १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM बाट सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved