सिद्धार्थ बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 08:27:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक र International Finance Corporation (IFC) बीच बिहीबार सम्झौता भएको छ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र IFC बीच सम्झौता भएको हो । 

बैंकले 'डिजिटल फर्स्ट' अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

IFC को ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले IFC द्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा 'Best Operations Bank in South Asia 2021' अवार्डबाट पनि सम्मानित भएको थियो ।

त्यसैगरी केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र IFC बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (MSME) हरुको व्यवसायमा र जलवायु वित्तपोषण (Climate Financing) मा लगानी गर्ने सम्झौता भईसकेको छ जस अन्तर्गत IFC ले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved