सानिमा बैंकका ग्राहकलाई दराजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 01:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र दराज बिच “नव बर्ष उत्सव - २०८१" योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००/- सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु ७५०/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता" को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजको Online Platform बाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुने बैंकले उल्ल्लेख गरेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved