टाटा मोटर्स कार मेला सिजन–५ काठमाडौंमा सुरु,गाडी खरिदमा ४ लाखसम्म छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 09:17:12 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्स कार मेला सिजन ५ आज काठमाडौंको नक्साल बैङ्केटमा सुरु भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले उक्त मेलाको आयोजना गरेको हो।   

मेलाको टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर, अजित सिंह र सिप्रदी ट्रेडिङ्गका जनरल म्यानेजर, प्रविन खतिवडाले संयुक्त रुपमा उद्घाटन गरे। मेला अगस्ट ६ अर्थात साउन २२ गतेसम्म दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने सिप्रदीले जनाएको छ। 

मेलाबाट हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेकाले मेलाका लागि उत्साह थपिएको कम्पनीले जनाएको छ।वार्षिक रुपले आयोजना हुँदै आएकाले ग्राहकले सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गरेका छन्।

कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन्।

उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाखसम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्री वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कम्पनीले जनाएको छ।

विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यस वर्ष उक्त मेलामा ३ हजार भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कम्पनीको विश्वास छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved