
नेपालमा एप्पलका उत्पादनहरुको एक मात्र वितरक जेननेक्स्टले नेपालमा आईफोन एसई सार्वजनिक गरेको छ । ६४जीबी, १२८जीबी र २५६ जीबीमा उक्त फोनहरु तीन कलरमा नेपालमा भित्रिएको कम्पनीले जनाएको छ ।
कालो, सेतो र रातो कलर अप्सनमा नेपालमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझँ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ ।
कम्पनीले ६४जीबीको फोनलाई ७० हजार, १२८जीबीको लाई ७५ हजार र २५६जीबीको फोनलाई ९६ हजार रुपैयाँ मूल्य तोकेको छ ।
कम्पनीले ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध समेत गरेको छ । त्यस्तै कम्पनीले ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गरेको जानकारी दिएको छ ।
कम्पनीको आधिकारीक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) मा रहेको जानकारी दिएको छ । उक्त फोन खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन् भन्ने थाहा पाउनका लागि कम्पनीले वेबसाइट लिंक तयार गरेको छ । सो लिंकमा गएर ग्राहकले सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
ग्रे फोनहरु अवैध रुपमा देशमा आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यस्ता फोनहरुको कुनै वारेण्टी नहुने र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् ।