इटहरीको खनारमा साथीमार्टको नयाँ आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 09:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank
नेपालकै ठुलो चेन सुपरमार्केट साथीमार्टले इटहरीको खनारमा नयाँ आउटलेट सुरु गरेको छ । स्वास्थ्यकर्मी सरोज सिंहले साथीमार्टको फ्रेन्चाइज लिएर आउटलेट सन्चालनमा ल्याएका हुन् ।

आफ्नै ब्यवसाय सुरु गर्ने उद्देश्यले साथीमार्टसंग आवद्ध भएको सिंह बताउँछन् । साथीमार्टको सहज तथा आधुनिक प्रविधि र सहयोगी टिमले गर्दा काम गर्न सहज भएको उनको भनाइ छ । उनी थप्छन् ‘साथीमार्टको बिजनेस कन्सेप्ट देखेर म एक्साइटेड पनि छु । यो नेपालमै बसेर केही गरौं भन्नेलाई राम्रो अवसर पनि हो ।’

सात सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टको उद्घाटन इटहरी १२ नम्बर वडाका वडा अध्यक्ष हरि दाहालले गरेका छन् । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved