साथीमार्टको ९१ औं शाखा कपनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 03:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कपनको पैयाटारमा साथीमार्टको ९१ औं शाखा सुरु भएको छ । सामान्य मार्ट सन्चालन गर्दै आएका कर्ण सुनुवारले मार्टको फ्रेन्चाइज लिएर मार्ट सुरु गरेका हुन् । 

साथीमार्ट इन्कर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले नयाँ मार्टको उद्घाटन गरेका हुन् ।

साथीमार्टको प्रवर्द्धक शेयर समेत लिएका सुनुवारले फ्रान्चाइजको महत्त्व बुझेर साथीमार्टको टिमवर्कमा विश्वास गर्दै मार्ट सुरु गरेको बताए । आजको प्रतिस्पर्धात्मक बजारमा साथीमार्टको फ्रान्चाइजीका अवसरहरूसंग आकर्षित भएको सुनुवारको भनाइ छ ।

करिब सात सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध भएको बताइएको छ । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । 

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार ९आउटलेट०, ई(कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved