गरिमाको गजबको दशैं अफर : बैंकको कार्ड घोटेर भुक्तानी गर्दा २० प्रतिशतसम्म नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2023 | 11:31:48 PM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैकले दशैं लक्षित बिशेष योजना ल्याएको छ। बैंकले दशैं लक्षित योजनामा समान तथा सेवाको खरिदमा गरिमाको डेबिट वा क्रेडिट कार्ड घोटेर भुक्तानी गर्दा नगद फिर्ता हुने योजना ल्याएको हो। 

उक्त योजनाअनुसार गरिमाको कार्ड घोटेर सामान तथा सेवाको पैसा भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा नगद दुई सय रुपैयाँ फिर्ता हुनेछ। यस योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन। 

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्दन गर्ने हेतुले यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ। यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved