सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। योजना अन्तर्गत केन्टको कुनै पनि आर ओ मोडलको खरिदमा इलेक्ट्रिक केटल (CG Electric Kettle) पउन सकिने छ ।
केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीले जनाएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेको कम्पनीले दाबी गरेको छ।
केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन्।