क्रम्पटनको नयाँ वर्षको योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 08:16:34 PM मा प्रकाशित

laxmi sunrise bank

होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै “ नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा” नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले कम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजनाको लाभ चैत्र २३, २०८० गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरी रहेको क्रम्पटनका अधिकृत विक्रेताकहाँ गई उठाउन सक्नेछन् । यस योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाईलान्ड जाने मौका प्रदान गरिनेछ । लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No. टाइप गरी 31003 मा SMS पठाउनु पर्ने हुन्छ ।

नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सि.जी. इम्पेक्स रहेको छ । सि.जी. इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सि. जी. डिजिटल शोरुम तथा अधिराज्यभरी फैलिएको डिलर नेटवर्क मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रूम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजार मा सर्वत्र पाइन्छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved