सुधीर बस्नेतले फिर्ता लिए मुद्दा, ओरेन्टल पीडित बचतकर्ताले साउनभित्रै पैसा पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 14, 2023 | 01:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुधीर बस्नेत सहकारी व्यवस्थापन समितिविरुद्ध हालेको मुद्दा फिर्ता लिँदै बचतकर्ताको रकम फिर्ता गर्न तयार भएका हुन् । उनको यो कदमले बचतकर्ताले आफ्नो फसेको रकम फिर्ता पाउने करिब-करिब पक्का जस्तै बनेको छ । 

विगतमा मुद्दा दायर गरी अदालतबाट आदेशसमेत लिएर आएपछि सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएको ओरेन्टल सहकारीका सम्बन्धमा प्रभावकारी कारबाही अघि बढाउन सकेको थिएन । तर, समितिले पटकपटक छलफल गरेर उनलाई मुद्दा फिर्ता लिन ‘कन्भिन्स’ गराएपछि बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बुधबार फिर्ता लिएका हुन् । 

२०७९ असोज ७ गते ओरेन्टल सहकारी दोस्रो पटक समस्याग्रस्त घोषणा भएको थियो । घोषणा प्रक्रियामा असहमति जनाउँदै बस्नेतले सर्वोच्चमा मुद्दा हालेका थिए । 

मुद्दा फिर्तासँगै ओरेन्टल सहकारीबाट बचत फिर्ता नपाएका ४ हजार ३ सय बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने बाटो खुलेको हो । ओरेन्टलले ४ हजार ३ सय बचतकर्तालाई करिब ६ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिन बाँकी छ । 

‘हामीले उहाँ (सुधीर बस्नेत)लाई पटक पटक बोलाएर छलफल गर्यौ, यही महिनाको पहिलो हप्ता भएको पछिल्लो छलफलपछि उहाँ मुद्दा फिर्ता लिन तयार हुनुभएको थियो, अध्यक्ष (काशिराज दाहाल)ले कहिले सामूहिक र कहिले एक्लै बसेर उहाँलाई मुद्दा फिर्ता लिन कन्भिन्स गर्नुभयो, यो ठूलो सफलता हो’, सहकारी व्यवस्थापन समितिका एक जना सदस्यले भने, ‘अब समितिले सहकारीका नाममा भएका जग्गा लिलामी प्रक्रियामा लैजान्छ, अहिले पनि ऋणीहरुबाट अशुल भएको रकम आइरहेको छ, १ लाखभन्दा कम बचत भएका बचतकर्ताहरुलाई साउनभित्रै बचत फिर्ता गर्न सक्छौँ भन्ने छ ।’

समितिका सदस्यसचिव केशव पौडेलका अनुसार अहिले समितिले जग्गा लिलामको विवरण निकालिरहेको छ । बस्नेतको नाममा भक्तपुरको गुण्डुमा २८४ रोपनी जग्गा भेटिएको छ । वीरगञ्ज र पोखरासहित झण्डै १५ जिल्लामा जग्गा देखिएको छ ।

ओरेन्टललाई सरकारले पहिलो पटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यतिबेला ७ हजार ५४६ जना पीडितले आफूहरुले बचत रकम फिर्ता नपाएको गुनासो गरेका थिए । यसबीचमा अदालती प्रक्रियासँगै बस्नेतले कोहीलाई पैसा र कोहीलाई जग्गा दिएका थिए । हाल ४ हजार ३ बचतकर्ताले साढे ६ अर्ब मागदावी गरेका छन् ।

यसअघिः

सुधिर बस्नेतको ओरेन्टल सहकारीबाट पीडित ८ सय जनाले ३ करोड फिर्ता पाउँदै

ओरियन्टल सहकारी पीडितहरुलाई भक्तपुरको जग्गा वितरण तयारी, कित्ता रोज्न नपाइने

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved