सुधिर बस्नेतको ओरेन्टल सहकारीबाट पीडित ८ सय जनाले ३ करोड फिर्ता पाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 02:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सुधिर बस्नेतको ओरेन्टल सहकारीमा बचत फसाएका करिब ८ सय जना बचतकर्ताले बचत रकम फिर्ता पाउने भएका छन् । ओरेन्टल सहकारीमा बचत रकम फसेका ७ हजार ६४६ जनामध्ये ७ सय ७७ जनाले ३ करोड बचत रकम फिर्ता पाउने भएका हुन् ।

सहकारी व्यवस्थापन समितिलको कार्यालयले सानो बचत रकम फसाएका ७ सय ७७ जना बचतकर्तालाई ३ करोडको हाराहारीमा बचत रकम दिलाउन लागेको हो । 

‘अहिलेको प्रक्रियामा कुनै अवरोध नभए बैशाख मसान्तभित्र ७ सय ७७ जना साना बचतकर्तालाई ३ करोड जति रकम फिर्ता गराइनेछ’ समितिका सदस्यसचिव केशव पौडेलले भने ।

२०७४ साल कार्तिक २० गते यो सहकारी पहिलो पटक समस्याग्रस्त घोषणा भएको थियो । यसपछि सहकारी संस्था अदालत गएको थियो । अदालतले २०७६ फागुन ११ गते समस्याग्रस्त घोषणा गर्ने सरकारको निर्णय खारेज गरिदिएको थियो । अदालतले सरकारको निर्णय खारेज गरिदिएपछि ओरेन्टल सहकारी पूर्ववत् अवस्थामा फर्किनुपर्ने थियो । तर, सहकारीले साधारणसभा गरेन र कार्यालय पनि खोलेन ।

२०७९ असोज ७ गते फेरि यो सहकारीलाई समस्याग्रस्त घोषणा गरियो । यसपछि संस्था फेरि अदालत गएको छ । हालसम्म १२ पटक पेशी सरिसकेको छ । सुधिरका वकिल मधु चौलागाईले अनेक बाहाना बनाउँदै आएका छन् । 

दोस्रो पटक समस्याग्रस्त घोषणा भएपछि संस्था अदालत गएको भएपनि अन्तरिम आदेश नआएकाले समितिको कार्यालयले फेरि मागदाबी अद्यावधिक गराउने काम गर्यो । अद्यावधिक विवरण अनुसार ओरेन्टल सहकारी पीडितहरु ४ हजार २५९ जना देखिएका छन् । उनीहरुले ३ अर्ब १९ करोड बढी मागदाबी गरेका छन् । अहिले पनि पीडितहरु आउने क्रम जारी रहेकाले ओरेन्टलबाट यति नै जना पीडित हुन् भन्ने अन्तिम तथ्यांक आइसकेको छैन । 

ओरेन्टल सहकारी पहिलो पटक समस्याग्रस्त घोषणा हुँदा ७ हजार ६४६ जनाले १० अर्ब माथि मागदाबी गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved