सरकारको निर्देशनले महासंघभित्र तरंग, चुनाव फेरी सर्ने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 12:37:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको साउन अन्तिम साता तोकिएको निर्वाचन पर सर्ने संकेत देखिएको छ। सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपनि सामुहिक रुपमा हुने सार्वजनिक कार्यमा रोक लगाएकाले महासंघको निर्वाचन पर सर्ने देखिएको हो। 

यहि साउन २६ र २७ तोकिएको महासंघको निर्वाचनको २००० भन्दा बढी व्यवसायीहरु एक ठाउँ भेला हुनेछन। तर सरकारले सामुहिक रुपमा हुने सार्वजनिक कार्यमा रोक लगाएकाले अहिलेलाई तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताइएको छ। 

निर्वाचनमा भोट हाल्न देशभरका व्यवसायी एक ठाउँमा भेला हुनुको विकल्प छैन तर सरकारले सामुहिक रुपमा हुने सार्वजनिक कार्यमा रोक लगाएको छ।  सबै  निर्वाचनको पक्षमा देखिएपनि जमघटले कुनै दुर्घटना भए त्यसको जिम्मेवारी महासंघले लिनुपर्ने सर्त सरकारले राखेको पाइएको छ। 

सरकारले उक्त सर्त तेर्स्याएलगत्तै महासंघका पदाधिकारीको भोलि दिउँसो अर्जेन्ट छलफल डाकिएको छ। उक्त छलफलले निर्वाचनको मिति २० दिन पर सार्ने महासंघका एक  पदाधिकारीले बिजपाटीलाई बताए। तर महासंघले भने महासंघको ५४ वार्षिक साधारण सभा लगायतका समसामयिक बिषयमा छलफल गर्न उक्त बैठक डाकिएको  औपचारिक जवाफ दिएको छ। 

निर्वाचन भन्दा पनि व्यवसायीहरुको स्वास्थ्य महत्त्वपूर्ण भएको स्मरण गराउदै सरकारले साउन २६ र २७ गते डाकिएको बार्षिक साधारणसभालाई केहि दिन पर लैजान निर्देशन दिएको बताइएको छ। 

यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो। सरकारले असार १ गतेदेखि क्रमशस् लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको थियो।

सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपनि अर्को सूचना जारि नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शनी, सिनेमा, डान्स बार, सलुन, स्पा, जिम, स्विमिङ पुल, खेलकुद, सामुहिक रुपमा हुने धार्मिक र  सामाजिक कार्य तथा चिडियाखाना बन्द गर्ने निर्णय गरेको सूचना तथा संचार प्रविधि तथा अर्थमन्त्री डा युबराज खतिवडाले बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved