कार्यसमिति बैठकको माग गर्दै ढकाल समुहले बुझाए पत्र, 'माइन्युटको मर्म नबुझेको आरोप'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 10:02:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसाभा तथा चुनाव स्थगित गर्ने निर्णय भएपछि खुलेरै असन्तुष्टि जनाएको चन्द्र ढकाल समुहले कार्यसमितिको बैठक माग गरेको छ। 

चुनाव स्थगन तथा सार्नका लागि केन्द्रीय कार्यकारिणी समितिबाट निर्णय गर्नुपर्ने भन्दै उनीहरुले कार्यसमितिको बैठकको माग गरेका हुन्। बस्तुगत तर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समुह निकटले तत्कालै कार्यसमितिको बैठक माग गर्दै लिखितरुपमै निबेदन पेश गरेको छ। उक्त मागपत्रमा ढकाल निकट २१ सदस्यले हस्ताक्षर गरेका छन्। 

महासंघको शुक्रबारको बैठकले सरकारले गरेको निर्णयलाई साथ दिंदै अर्को व्यवस्था नहुँदासम्मलाई निर्वाचन नगर्ने र अवधि लम्बिए अर्को मोडालिटीबाट निर्वाचन गर्ने निर्णय गरेको माइन्युटमा उल्लेख छ। 

तर महासंघको साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औं साधारणसभा तथा चुनाव स्थगित गर्ने गरेको निर्णयप्रति फरक मत राख्दै ढकाल समुहले आज पत्रकार सम्मेलन नै डाकेको छ। 

कोरोनाको प्रभाव र त्रास विस्तारै कम हुँदै गएकाले सार्वजनिक जीवन फेरी चलायमान हुन थालेको भन्दै साधारणसभा पनि संचालन गर्नुपर्ने आफ्नो राय भएको ढकालले आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन। 

शुक्रबारको बैठकलाई लिएर नोट अफ डिसेन्ट लेखेका ढकालले पदाधिकारी समितिबाटमात्र चुनाव सार्ने निर्णय गरिएको र जनस्वास्थ्यको लेपन दिएर नियोजित स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाएका छन्। 

तर लकडाउनका बेला महासंघको पदाधिकारीको जुम मार्फत गरिएको बैठकले पदाधिकारी र अध्यक्षले गरेको निर्णयलाई मान्यता दिने निर्णय गरेकाले शुक्रबारको बैठकले गरेको निर्णय कानुनसम्बत भएको एक कार्यसमिति सदस्यले बिजपाटीलाई बताए।  'चुनाव धेरै पर सर्ने अवस्था भए फरक मोडालिटीबाट चुनाव गर्ने निर्णय हुँदाहुँदै पत्रकार सम्मेलन गरेर महासंघलाई राजनीतिक अखडा बनाउन खोजियो' उनले भने, सबैकुरा स्पष्ट हुँदाहुँदै पनि ढकाल समुहले माइन्युटको मर्म बुझेन'। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved