उद्योग नवीकरण गर्ने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 04:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बन्दाबन्दीको समयमा म्याद सकिएका उद्योगहरु एक महिना भित्र नवीकरण हुनु पर्ने भएको छ । उद्योग विभागले बन्दाबन्दीको समयमा म्याद सकिएका उद्योगको नविकरणको लागि एक महिना म्याद थप गर्ने निर्णय गरेको हो। 

जस अनुसार चैत ११ गतेदेखि साउन ६ गतेसम्म म्याद सकिएका तथा नविकरण गर्नुपर्ने उद्योगहरुलाई बन्दाबन्दी खुलेको तीस दिनभित्र नवीकरण गर्नु पर्ने छ । विभागले काठमाडौँ उपत्यकाको हकमा साउन ८ गतेदेखि एक महिनाको अवधिमा र बाहिरका हकमा भदौँ १ गतेदेखि एक महिनाको अवधिमा उद्योग नवीकरण गरिसक्नु पर्ने जनाएको हो । विभागका अनुसार साउन ५ गते बसेको मन्त्रिपरीषद् बैठकबाटै बन्दाबन्दी सकिएको निर्णय भएकोले सोहि अनुसार १ महिनाको म्याद राखेर उद्योग नवीकरण गर्न सूचना जारि गरिएको हो । 

'औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ र दफा ६० बमोजिम उद्योग सञ्चालन वा आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय थपिएको हो', उक्त सूचनामा भनिएको छ, 'बन्दाबन्दी अबधिमा परेर म्याद सकिएको भए बन्दाबन्दी खुलेको मितिले बाटाका म्याद बाहेक ३० दिनसम्म उद्योग सञ्चालन म्याद थपका लागि निवेदन दिन सकिनेछ । ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved