महासंघले बोलायो कार्यसमिति बैठक, साधारण सभाको मिति तोकिन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 03:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । महासंघले साउन २१ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । 

साउन २६ र २७ गते हुने भनिएको महासंघको ५४ औं साधारण सभा उक्त मितिमा नहुने भएपछि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूह रुष्ट बनेको छ ।२१ गतेको बैठकले महासंघको साधारण सभाको नयाँ मिति तोक्न सक्ने पनि जनाईएको छ । 

‘बैठकले महासंघको साधारण सभाको मिति तोक्न पनि सक्नेछ’ महासंघका एक पदाधिकारीले भने ।

महासंघको पदाधिकारी बैठकले सरकारले सभा सम्मेलन गर्न दिने निर्णय गरेको १५ दिनभित्र साधारण सभा गर्ने भन्दै साधारण सभा स्थगित गरेपछि ४० सदस्यले लिखित रुपमा नै पत्र पेश गर्दै केन्द्रीय कार्यसमिति बैठकको माग गरेका थिए । महासंघको विधानमा एक चौथाई सदस्यले बैठक माग गरेको खण्डमा १५ दिनभित्र बैठक राख्नु पर्ने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved