उद्योग परिसंघले गठन गर्‍यो ऊर्जा विकास परिषद्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 07:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले उर्जा विकास परिषद् गठन गरेको छ । ऊर्जा क्षेत्रको विकास र विस्तारको लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिसंघले ऊर्जा विकास परिषद्को पुर्नगठन गरेको हो  

विगतमै परिषद्को गठन भएर यसका गतिविधिहरु सञ्चालन गरिरहेकोमा हाल ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतिहरुको विश्लेषण गरि नीतिगत व्यवस्था एवम् छलफल मार्फत ऊर्जा क्षेत्रको विकास र विस्तार गर्न परिसंघले उक्त परिषद गठन गरिएको जनाएको छ । सरकारले सार्वजनिक निजी साझेदारीमार्फत ऊर्जा क्षेत्रको विकास गर्नसक्ने सम्भावना रहेकोले सरकारसँग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक बनाउन परिषदमार्फत काम अगाडी बढाउने योजना रहेको परिसंघले जनाएको छ । परिषद्ले “एक प्रदेशः राष्ट्रिय गौरवको एक विद्युत परियोजना”को अवधारणालाई अघि बढाउने छ । विश्व बैँक, आईएफसी, एडीबी, एआईआईबी जस्ता संस्थाहरुको बहुपक्षिय लगानी जुटाउने रणनीति परिसंघको छ ।

परिसंघले बनाएको ९ सदस्यीय परिषद्को संयोजकमा परिसंघको राष्ट्रिय परिषद्का सदस्य इ. ज्ञानेन्द्रलाल प्रधान छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved