म्याद सकिएका वस्तुमा ‘रिलेवलिङ’ गर्ने विशाल ग्रुपका सञ्चालक रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 02:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारबाट म्याद सकिएर र्फिता भएका खाद्य वस्तुमा पुनः म्याद राख्दै गर्दा समातिएका विशाल ग्रुपका सञ्चालक थुनामुक्त भएका छन् । रिलेवलिङमा संलग्न १५ जनालाई पक्राउ गरिएकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विशाल ग्रुप अन्तर्गतको आयान डिष्ट्रिब्युटरका सञ्चालक र कामदार गरी ६ जनालाई थुनामुक्त गरेको हो । 

कम्पनीका सञ्चालकलाई धरौटी तथा कामदारलाई नियमित तारेखमा छाडिएपनि अन्य कम्पनीका हरु भने थुनामा रहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा म्याद सकिएका खाद्य वस्तुमा पुनः नयाँ म्याद राख्दै गरेको अवस्थामा ४ कम्पनीका १५ जनालाई पक्राउ गरिएको थियो । 

गत असोज १५ गतेदेखि २१ गतेसम्म वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रिय अनुसन्धान विभागको संयुक्त टोलीले कलंकी, कालीमाटी तथा बाफल क्षेत्रमा भाडामा घर लिएर उक्त कारोबार गर्ने गरेको सूचनाका आधारमा रंगेहात पक्राउ गरेको हो ।

असोज १५ गते नेपालकै ठूलो व्यवसायीक घरना अन्तर्गतको विशाल ग्रुप संलग्न रहेको आयान डिष्ट्रिब्युटरका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको थियो । बिहिबार पक्राउ परेका मध्येमा ७ जना शुक्रबार रिहा भए भने १ जना अझैँ थुनामा रहेका छन् । 

विशाल ग्रुपका प्रतिनिधि तथा आयानका सञ्चालक पुष्पादेवी अग्रवाल १ करोड धरौटीमा थुनामुक्त भईन भने  मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटी, दिलिप थापामगर दैनिक तारेखमा रिया भएका हुन् । यसैगरी आयानमा कार्यरत भारतीय नागरिक रोनक बोथ्रा हाल थुनामै रहेका छन् । कंलकीमा छापा हान्दा उक्र कम्पनीको संलग्नता रहेको र म्याद थन गर्ने बाफल र कालीमाटीमा एक/एक घरमा शिलबन्दी गरिएको थियो । 

यसैगरी संयुक्त टोलीले असोज १८ गते अर्थात आईतबार पुनः कंलकीमा नै केक तथा बेकरीका कच्चा पदार्थमा पुनः म्याद राख्दै गर्दा चार जनालाई पक्राउ गर्यो । पाँच तले घर भाडामा लिएर एएसटी प्रा.लि. नामक कम्पनीले उक्त व्यवसाय सञ्चालन गर्दै गरेको सूचनाका आधारमा छापा मार्दा ७ जना कर्मचारीलाई पक्राउ गरिएको थियो । प्रबिन कुमार बंका ले संचालन गरेको एएसटी कम्पनीमा कार्यरत सातै जना थुनामा रहेका छन् । जसमा रस्मिता श्रेष्ठ, आनन्दप्रसाद अवस्थी, बिनोद ओझा, रामकुमार खत्री, सोनु तामाङ र मोहन महतो रहेका छन् । 

तथ्यांक संकलन सुरु

कंलकीमा रहेको विशाल ग्रुपको गोदाममा राखिएका खाद्य वस्तुको परिमाण संकलन सुरु भएको छ । विभागका कर्मचारीहरुले बिहीबार देखि वस्तुको अवस्था, परिमाण तथा मूल्यको तथ्यांक निकाल्न सुरु गरेका छन् । 

अनुगमनका क्रममा शिलबन्दी गरिएको सबै कम्पनीको गौदाममा रहेका वस्तुको तथ्यांक संकलन सकिएपछि उक्त खाद्य वस्तुलाई नष्ट गर्ने विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

‘सबै गोदामबाट तथ्यांक आएपछि जलाउने तथा खाड्लो खनेर पुर्ने विषयको टुङ्गो लाग्छ’ उनले भने, ‘बस्तुको प्रकार, मूल्य, परिमाणको आधारमा पक्राउ परेकामाथि थप कारवाही हुन्छ ।’  

पछिल्लो सयम म्याद सकिएका वस्तुमा पुनः म्याद थप गर्र्दै गर्दा रंगेहात प्रक्राउँ परेकाहरुलाई विभागले सामान्य मूद्धा लगाएर उन्मुक्ती दिने गरेको आरोप लाग्दै आएको छ । रिलेवलिङ गर्ने कम्पनीका सञ्चालकलाई धरौटीमा रिहा गरिएको र काम गर्नेहरुलाई थुनामा राखिएको भन्दै कमजोर बनाउन खोजिएको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved