विशाल ग्रुपका थप २ जना प्रक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 01:57:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विशाल ग्रुपको लोकल वितरक आयान डिष्टब्युटरका थप २ जना पक्राउ परेका छन् । गत असोज १५ गते कंलकीको लिङरोडमा बजारबाट म्याद सकिएका खाद्य वस्तुमा पुनः नयाँ म्याद राख्दै गर्दा रंगेहात पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

पक्राउ पर्नेमा आयानका एक जना र अमेजन डिष्टब्युटरका एक जना छन् । आयान र अमेजन दुबै विशाल ग्रुपका लोकल वितरण हुन् । यस अघि असार १५ गते आयानमा कार्यरत ८ जनालाई प्रक्राउ गरिएकोमा हाल १ जना प्रहरीको हिरासतमा रहेका छन् भने ७ जना छुटिसकेका छन् । 

विशाल प्रुपका प्रतिनिधि तथा आयानका सञ्चालक पुष्पादेवी अग्रवाल १ करोड धरौटीमा थुनामुक्त भएकी छिन्। त्यस्तै पक्राउ परेका मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटी, दिलिप थापामगर दैनिक तारेखमा रिहा भएका छन् । यसैगरी आयानमा कार्यरत भारतीय नागरिक रोनक बोथ्रा हाल थुनामै रहेका छन् । 

आयन तथा अमेजनले कंलकी, बाफल तथा कालीमाटीका तीन भाडाका घरमा स्टोर बनाएर बजारबाट सामग्री ल्याउने र नयाँ म्याद राख्दै आएका घरमा शिलबन्दी गरिएको छ । असार १५ यता विभागले रिलेलविङ गर्ने १३ जनालाई पक्राउ गरेर थुनामा राखेको छ । पछिल्लो समय वाणिज्य विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रिय अनुसन्धान विभागको संयुक्त टोलीले खाद्य पदार्थको रिलेवलिङमा संलग्नहरुलाई प्रक्राउ गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved