नेटवर्किङ व्यबसायमा संलग्न भारतीय नागरिक फिल्मी शैलीमा फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 10:01:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेटवर्किङमा संलग्न भएको कसुरमा पक्राउ परी धरौटीमा रिहा गरिएका भारतीय नागरिक फरार भएका छन् । ललितपुरको जावलाखेलमा कार्यालय रहेको इन्दुस हेल्थ साइन्स नामक कम्पनीका संचालक लिविन डेन्डल फरार भएका हुन्   । 

असोज १ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गैर कानुनी नेटवर्किङ व्यबसायमा  संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको थियो ।  प्रहरीको सहयोगमा कम्पनीमा छापा हानेर सञ्चालक डेन्डललाई पक्राउ गरिएको २४ घन्टामै धरौटीमा रिहा गरिएको थियो । कम्पनीको कर्मचारी मात्र भएको र सञ्चालकलाई पक्राउन सहयोग गर्ने शर्तमा ३ लाख धरौटीमा छोडिएका उनी हाल फरार भएका हुन्। 

भारतीय आधार कार्डराख्दै धरौटीमा छोडिएका उनी फरार भएपछि विभागले केन्द्रिय अनुसन्धान विभाग (सीबीआई) मा खोजि गर्न पत्र पठाएको छ । ‘हामीलाई सहयोग गर्छु भन्यो, संलग्न आवश्यक कागजपत्रहरु लिएर धरौटीमा छोडिएको हो, नियमित सम्पर्कमा आउने शर्तमा छोडिएकोमा उनी सम्पर्कमा छैनन्’, विभाग स्रोतले भन्यो, ‘हामीले सीआईबीलाई पत्र पठाएका खोजी गरेर पक्राउ गर्न पत्र लेखेका छौँ, गलत गरेर सजिलै भाग्न त्यति सहज छैन ।’

उनले भारतबाट स्वास्थ्य सामग्री लगायतका सामग्री बेच्न नेपालिई कम्पनीको प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गर्ने गरेको खुलासा भएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved