म्याद गुज्रेको सामान बेच्ने समुहका ६ जना थुनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 02:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारबाट म्याद सकिएर फिर्ता भएका खाद्य वस्तुमा नयाँ म्याद राख्दै गर्दा प्रक्राउ परेका ८ जनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा भएको थुनछेक बहसपछि धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई थुनामा पठाईएको हो ।

असोज १५ गते प्रक्राउ परेका ८ जनामध्ये एक जना १६ गते १ करोड धरौटीमा रिहा भएको तथा १ जनालाई मुद्धा दर्ता गर्न नमिल्ने भएपछि रिहा गरिएको थियो । बाँकी ६ जनामध्ये आयान डिष्ट्रिब्युटरका सञ्चालक रहेका भारतीय नागरिक रोनक बोथ्राले सम्पूर्ण जिम्मेवारी लिएका छन् । 

यसअघि आयनमा कार्यरत मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटी, दिलिप थापामगर दैनिक तारेखमा छोडिएकोमा शुक्रबार भएको बहसपछि केन्द्रिय कारागार चलान भएका छन् । बयानका क्रममा उनीहरुको समेत गल्ती भेटिएपछि ५÷५ लाख नगद धरौटी रकम बुझाउन निर्देशन दिईएकोमा रकम बुझाउन नसकेपछि उनीहरुलाई थुनामा राखिएको हो । 

तोकिएको रकम बुझाएपछि उनीहरु थुनामुक्त हुने छन् भने मुद्धाको फैसला नआउन्जेल नियमित सम्पर्कमा रहनु पर्ने छ । आयान तथा अमेजन ग्रुपमा संलग्न २ जना हाल थुनामा रहेका छन् भने फरार रहेका १ जनालाई प्रक्राउ गर्न वारेन्ट जारी गरिएको छ । 

विशाल ग्रुपको लोकल वितरका रुपमा रहेको आयान डिष्ट्रिब्युटरको सञ्चालक पुष्पादेवी अग्रवालको नाममा रहेको छ । आफ्नो नाममा कम्पनी मात्र भएको, सञ्चालनको सम्पूर्ण जिम्मा बोथ्रालाई दिएको भन्दै रिलेवलिङको बारेमा जानकारी समेत नभएको भन्दै अग्रवालाई शुक्रबार नै धरौटीमा रिहा गरिएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार भारतीयले सम्पूर्ण जिम्मेवारी आफ्नो भएको र अन्य कर्मचारी मात्रै भएको भन्दै बयान दिएपछि अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । ‘बोथ्राले गलत भनेको वा सहि भनेको कुरा अनुसन्धानको प्रक्रियामा रहेको छ, अनुसन्धानको प्रक्रियामा रहेका कारण यहि नै हो भन्ने अवस्था छैन्’, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved