बजार अनुगमनका लागि संसदीय समितिले बनायो उपसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 04:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले चाडपर्वको समयमा बजारमा हुन सक्ने अनुचित ब्यापारको अनुगमन गर्नको लागि उपसमिति गठन गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीलाई ध्यानमा राख्दै सो  को अनुगमन गर्नको लागि उपसमिति गठन गरेको हो । 

आज बसेको समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिए । उनका अुनसार उक्त उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र मायादेवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परीयार सदस्य छन् । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।

‘चार्डपर्वमा अधिकांश मनानीयज्यूहरु जिल्ला फर्कनुहुन्छ, सबैले त्यति ध्यान दिन सक्नुहुन्न, बजारको अवस्था नबिग्रनलाई नियमित अनुगमन गरी सरोकारवालासँग छलफल गर्न उपसमिति गठन गरिएको हो’, उनले भने । 

वाणिज्य विभागले व्यापारीलाई फाइदा हुने गरि प्रशोधित खाने पानीको मूल्य बढाएको विषयमा पनि समितिले अनुगमन गर्ने भएको छ । समितिले तत्काल  मूल्य नबढाउन निर्देशन दिएको भए पनि मूल्य बढाएपछि यसको अनुगमन गर्ने जिम्मेवारी समेत उपसमितिले पाएको छ ।

यसैगरी उपभोक्ता अधिकारकर्मीले उद्योग राज्यमन्त्री मोतिलाल ढुगडको कम्पनीले नूनको मूल्य बढाएको उजुरी गरेकोमा त्यसबारे समेत छलफल हुने समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved