जारको पानीमा बढेको मूल्य फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 10:32:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूखुसी जारको पानीमा मूल्य बृद्धि गरेका पानी व्यवसायीहरुले बढेको मूल्य र्फिता लिएका छन् ।  सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा भएको छलफलमा तत्काल पुरानै मूल्य कायम नगरे कारवाही गर्ने चेतावनीपछि व्यवसायीले बढेको मूल्य र्फिता लिएका हुन् । 

संसदीय समितिले तत्काल मूल्य नबढाउन निर्देशन दिएपछि सोमबार भएको व्यबसायी र विभागबीचको छलफलले मूल्य तत्काल नबढाउँने सहमती गरेको हो ।  व्यवसायीले असोज १८ गते पानीको मूल्य बढाउन मातहतका व्यवसायीलाई गरेको परिपत्र भेट्टाएपछि तत्काल पुरानै मूल्य कायम नगरी कालोबजारी मुद्धा दर्ता गर्ने भन्दै पत्र पठाएको थियो । विभागको पत्रअनुसार व्यवसायीहरु छलफलमा आएको र तत्काल मूल्य बृद्धि नगर्ने सहमति गरिएको जनाईएको छ । 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्य व्यवसायीले मंगलबारबाट पुरानै मूल्य कायम नगरी कारावहीको तयारी भएको बताउँछन् । पानीको विषयमा संसदीय समितिमा परेको उजुरीमाथि थप अध्ययन भइरहेको अवस्थामा व्यवसायीले आफूखुशी मूल्य बढाएका थिए । उनका अनुसार बढेको मूल्य फिर्ता गरी पुरानै मूल्य कायम गर्नुपर्ने र समितिको निर्देशन पछि थप छलफल गरिने सहमति भएको हो । 

बजारमा उद्योग अनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौ उपत्यकाका सहित काभ्रेपलान्चोक जिल्लामा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो । बजारमा कायम भएको भन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागु गरिएको थिएन भने उजुरीमाथि थप कारवाही समेत भएको छैन् । 

असोज १८ गतेदेखि व्यवसायीले २५ देखि ५० रुपैयाँमा पाउने जारको पानी ५० रुपैयाँ लिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved