असोजमा उपत्यकाका १३७ पसललाई कारबाही, ७८ लाख राजश्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 03:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ७८ लाख राजश्व संकलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाही स्वरुप जरिवाना गर्दा ७८ लाख ५७ हजार राजश्व संकलन भएको विभागले जनाएको छ । 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार एक महिनाको अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्मलाई जरिवाना गरिएको हो । अनुगमनका क्रममा ९८ हजार ७८२ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो । 

आचार्यका अनुसार सो अवधिमा १०४ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न, २२ फर्मलाई कारोवार रोक्का तथा सिलबन्दी गरिएको र छ जनालाई नियन्त्रणमा लिइएको थियो । यसैगरी ४८४ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

विभागको तथ्यांकअनुसार गैरकानूनी व्यापारिक क्रियाकलाप गर्ने मध्येमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ । ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार राजश्व संकलन भएको छ । यसैगरी फूलफूल तथा तरकारीपछि सबैभन्दा धेरै कारवाही पानी उद्योगलाई गरिएको छ । ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारवाही गर्दा १४ लाख जरिवाना संकलन भएको विभागले जनाएको छ । एक महिनाको अवधिमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फर्म तथा उद्योगको अनुगमन गरिएको जनाइएको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीवब्रता दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved