लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा भट्टराई, बीमा क्षेत्रमा २२ बर्षको अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 09:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

रमेश कुमार भट्टराई लुम्बिनि जेनेरल इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त भएका छन्। कम्पनीको संचालक समितिको बैठकले भट्टराईलाई डेपुटी सीईओमा नियुक्त गरेको हो। 

भट्टराईले यहि नयाँ आर्थिक बर्ष अर्थात साउन १ देखि डेपुटी सीईओको कार्यभार सम्हाल्ने छन्। संचालक समितिले भट्टराईलाई मार्केटिंङ र सेल्सको जिम्मेवारी दिएको छ।   

सन् १९९९ मा युनाइटेड इन्स्योरेन्समा मार्केटिंङ अफिसरको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा  झन्डै २२ बर्ष काम गरेको अनुभव  छ। 

युनाइटेड इन्स्योरेन्समा मार्केटिंङ अफिसरको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईले त्यस यता प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स हुँदै फेरी युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए। 

लुम्बिनी जेनेरलमा जानु अगाडी उनि युनाइटेड इन्स्योरेन्समा सीईओ को रुपमा काम गरेका थिए। उनले सन् १९९७ मा शंकरदेव क्याम्पसबाट मार्केटिंङमा एमबिए गरेका हुन्।  


    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved