एनआईसी एशियाको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 06:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। बैंकको जेठ ८ गतेको संचालक समितिको ५४५ औं बैठकले राठीलाई उक्त पदमा नियुक्त गरेको हो। 

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६÷०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले २०७९ श्रावण १ देखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो।  

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट एनआइसीको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। 

बैंकको रुपान्तरणमा अतुलनीय योगदानको कदर गर्दै उक्त पदमा नियुक्त गरिएको बैंकको भनाई छ। राठी समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता राख्दछन ।  

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। 





 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved