गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 02:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  निर्मल भट्टराई  नियुक्त भएका छन् । क्यापिटलको  श्रावण २९ गते बसेको संचालक समितिको   बैठकले भट्टराईलाई २०७९ साल भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सीइओ भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्। उनी  संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन सफल भएका हुन् । यस अघि उनले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए । 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । स्थाले हाल लगानी व्यवस्थापन सेवा , निक्षेप सदस्य, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध  , धितोपत्र प्रत्याभूति , शेयर रजिष्टे«शन  , संस्थागत परामर्श , सामूहिक लगानी कोष  , प्राइभेट इक्वीटी फण्ड  , भेन्चर क्यापिटल फण्ड  , हेज फण्ड  लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्ने जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved