
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अशोक शेरचन नियुक्त भएका छन्। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले उनलाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकले उनलाई ४ वर्षे कार्यकालको लागि सीइओ नियुक्त गरेको हो । उनको नयाँ कार्यकाल माघ १५ गतेदेखि सुरु हुनेछ। प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई गाभ्दा नै शेरचन सीईओ हुने सहमति भएको थियो ।
शेरचन सन् २००७ मा प्रभु फाइनान्सको सीइओ भएका थिए । त्यसपछि उनी सन् २०१४ मा प्रभु बैंकको सीइओ भएका थिए । त्यसयता उनी प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।