धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 06:42:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि डेढ दर्जन बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन फागुन ३० गतेसम्म १९ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ।   

बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल छन् । 

नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाकले पनि अध्यक्षको लागि आवेदन दिएका छन् । यस्तै आबेदन दिएका अन्य आवेदकमा सन्तोष नारायण श्रेष्ठ, डा गोपाल प्रसाद भट्ट, निरज गिरि, डा रघुराज काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारि, रामदेव यादव, सीताराम थपलिया, डा बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल रहेका छन्।  

आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गर्नेछ । प्रस्तुति दिने ५ जनामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved