तारे होटेल र रिसोर्टमा कार्यक्रम राखेर बजेटको लागि सुझाव लिँदै संसदको अर्थ समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 10:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको लागि सुझाव लिने क्रम जारी राखेको छ। तर समितिले सुझाव लिने कार्यक्रम भने समितिको कार्यालय सिंहदरबारमा नभई तारे होटेल र रिसोर्टमा राख्ने गरेको छ । 

समितिले वैशाख २३ र २४ गते नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा आवासीय रूपमा विज्ञहरूसॅग परामर्श गर्दै समितिको बैठक राखेको  थियो ।  वैशाख २६ गते समितिले कुपण्डोलस्थित होटल हिमालयमा कार्यक्रम राखेको थियो जहाँ विभिन्न १० वटा क्षेत्रले सुझाव राखेको छ। आज समितिले सोल्टी होटेलमा कार्यक्रम राखेको छ , जहाँ विभिन्न ७ वटा क्षेत्रले सुझाव राख्ने कार्यसूची छ। 

यी कार्यक्रममा बजेटका लागि परामर्श र सुझाव लिईने समितिले जनाएको छ। समितिका अनुसार प्राप्त सुझावहरूको अध्ययन र विश्लेषण गरी समितिले अर्थमन्त्रीसमक्ष लिखित रूपमा प्रस्तुत गरेर आवशक निर्देशक दिने छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved