नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ५ जना सर्टलिष्टमा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 07:23:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आबेदन दिएकामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। 

स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा विमलकुमार तिवारी रहेका छन्। 

आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम अर्थसचिव कृष्णहरी पुस्कर अमेरिका प्रस्थान गर्नु अगाडी नै सर्टलिष्ट गरिएको स्रोतको दाबि छ। सर्टलिष्टमा परेकाहरुको अन्तर्वार्ता अन्यथा नभएमा आगामी साता हुने बताइएको छ। 

बोर्डको अध्यक्षका लागि नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाक,  सन्तोष नारायण श्रेष्ठ, डा गोपाल प्रसाद भट्ट, निरज गिरि, डा रघुराज काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारि, रामदेव यादव, सीताराम थपलिया, डा बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्यालले आबेदन दिएका थिए। 

आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गरेको हो। प्रस्तुति दिने ५ जनामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो । 

यो पनि: 

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन (सूचीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved