इंग्ल्यान्डले अफगानिस्तानलाई दियो ३९८ रनको विशाल लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 05:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जारी विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ । म्यान्चेस्टरमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३९७ रन बनाएपछि अफगानिस्तानले ठूलो लक्ष्य पाएको हो ।

इंग्ल्यान्डका लागि जोनी बैरस्टोवले ९९ बलमा ८ चौका र तीन छक्काको मद्दतमा ९० रन बनाए । जोइ रुटले ८२ बलमा ८८ रन बनाए । उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरे। मोइन अलीले ९ बलमा ३१ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३/३ विकेट लिए । अफगानिस्तानका राशिद खान महङ्गो सावित भए । उनले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved