राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । ऋणपत्र सूचिकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् ।
बैंकको 8.5% RBBL Debenture, 2083 नामक ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८. ५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।