ग्लोबल आईएमई बैंकको ऋणपत्र बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 10:04:27 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ। बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म ऋणपत्र निष्काशन गरेको ऋणपत्र शुक्रबार बाँडफाँड गरिएको हो। 

बैंकले  १ हजार अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो।  बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ऋणपत्रमा ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,०००  कित्ता डिबेन्चरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त कित्ता निष्काशन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएको हुँदा आवेदन अनुसार समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको छ। 

त्यस्तै सर्वसाधारणहरुको लागि निष्काशन गरिएको १९,३०,००० कित्ता (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरको लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर रितपूर्वक प्राप्त हुन आएकोमा  जारी गरिएको डिबेन्चर संख्या भन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको हुँदा २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

 ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved