फागुन १ देखि ४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दै एनआईएमबि, कति दिन्छ ब्याज?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 08:38:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल ऋणपत्र मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ। सो मध्येबाट पनि ८० हजार ८ सय कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।  बाँकी रहेको २४ लाख २४ हजार इकाई बैंकले व्यक्तिगत तबरमा  विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । 

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको आवेदन दिनु पर्ने छ । यस निष्काशनमा छिटोमा फागुन ४ गतेसम्म र सो समय भित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

 उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved