गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले रत्ननगर अस्पताललाई आगन्तुक कुर्सि प्रदान गरेको छ । बैंकले रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई सहयोग स्वरूप २ थान ३ सिटे आगन्तुक कुर्सि प्रदान गरेको हो ।
बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख सुरज शर्मा, टाडी शाखाका प्रमुख प्रेम घिमिरेले अस्पतालको व्यवस्थापन समितिका सदस्य तथा निवर्तमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठलाई उक्त कुर्सि हस्तान्तरण गरेका हुन् ।