कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच व्यापार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र भेहिकल्सका तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार भेहिकल्स मार्फत सिफारिस भएका ग्राहकहरूले बैंकमा फोटन ब्राण्डका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । बैंकको हाल ११४ वटा शाखा तथा ६० वटा एटीएम रहेका छन ।