धादिङ्गबाट मुक्तिनाथको वित्तीय जागरण अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले  धादिङ्ग जिल्लाबाट  वित्तीय जागरण अभियान सुरु गरेको छ । बैंकले गल्छी गाँउपालिका, वडा नं ९, बैरेनीबाट अभियान सुरु गरेको हो । त्यस्तै बैंकले डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा पनि अभियान संचालन गरेको छ ।

कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराईएको बैंकले जनाएको छ । 

बैंकले ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved