सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited को सहयोगमा नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । क्यूस्ट इन्टरनेसनल कलेज आयोजक रहेको उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज भएको थियो भने दोस्रो रिलायन्स इन्टरनेसनल एकाडेमी भएको थियो । त्यस्तै पुरुष तर्फ प्रथम सीसीआरसी कलेज भयो भने दोस्रो ओमेगा कलेज भएको थियो । बिजेताहरुलाई बैंकका संचालक मती लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए ।
बैंकले ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।