तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 03:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Development Bank Limited  ले आन्तरिक लोन प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । 

सम्झौतामा बैंकका कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सोलुसनका अध्यक्ष बिपुल ढकालले हस्ताक्षर गरेका हुन् ।

उक्त सिस्टममबाट बैंकको पेपरमा आधारित सबै लोन वर्कफ्लोलाई परिर्माजित गरी लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने बताइएको छ । एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved