सांग्रिला डेभलपमेन्ट बैंक र मोरुबीच भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 02:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  र पे नेपको (मोरु) बीच भुक्तानी सम्बन्धमा सम्झौता गरिएको छ । सम्झौतासंगै ग्राहकले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गर्न सक्ने भएका छन् । 

यसरी लोड गरेपश्चात ग्राहकले मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु मोरुबाट नै गर्न सक्ने जनाइएको छ । 

चेक र एटीएम को विकल्पको रुपमा यो सुविधा उपयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ  ।  बैंकले ९१ शाखा र ३० एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved