
 2mb (1).gif)
सुनकर्जा घोटालामा मुख्य अभियुक्त ठहरिएका पद्म ज्ञवाली पक्राउ परेका छन्। ज्ञवालीलाई सोमबार साँझ पक्राऊ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवि ले जनाएको छ।
एक महिनाको प्रयासपछि उनि बालुवाटारबाट पक्राउ परेको सिआइबी प्रवक्ता बेलबहादुर पाण्डेले बताए। उनकाअनुसार कमतौलको सुन राखेर बढी कर्जा लिएका ११ ऋणी मध्ये ३ जना पक्राउ भईसकेका छन् भने बाँकी ८ जना पक्राउ हुन बाँकी नै छ। कर्जा प्रवाहको समयमा हस्ताक्षर गर्ने ३ जना बैंकका शाखा प्रवन्धकहरु यस अघि नै पक्राउ परिसकेका छन्।
ललितपुरको कुमारीपाटी शाखाका कर्मचारीको मिलोमतोमा ५ किलो २ सय ग्राम सुनमा १७ किलोको कागज बनाएर ९ करोड ९३ लाख कर्जा लगेका थिए। यसको ब्याज सहित ७ करोड कर्जा असुल हुन सकेको छैन।
सुनकर्जामा सुन जाँचकी लाई नै प्रमुख व्यक्तिको रुपमा लिइन्छ। सुनजांचकिले स्वीकृत गरेपछि सम्बन्धीत शाखाले नै सुन्कर्जा प्रवाह गर्ने अधिकार राख्छ।
५ किलो २ सय ग्राम सुन आजको मुल्यमा बिक्रि गर्दा पनि बैंकले करिब साढे ३ करोड पाउँछ भने बाँकी पैसा सम्बन्धित आरोपितहरुबाट उठाउन सक्छ। उठ्न नसक्ने पैसा मात्र बैंकले प्रोभिजन गर्नुपर्ने हुन्छ।