डेभलपमेन्ट बैंकर्स एसोसियनको साधारणसभा आह्वान, नयाँ कार्यसमिति चयन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 08:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियन नेपालले साधारणसभा आह्वान गरेको छ । संघ चैत्र २४ गते मंगलबार दिउँसो १ बजे चितवनको कसरा रिसोर्टमा सभा आह्वान गरेको हो 

सभामा अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, र अनुमानित आय ब्यब विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभाले आगामी २ वर्षको लागि नयाँ कार्य समिति चयन गर्ने छ । हाल संघको अध्यक्ष गोबिन्द ढकाल रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved