डेभलपमेण्ट बैंकर्सको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्ष पोखरेलद्वारा ढकालको प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 08:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगायत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन्। एशोसियसनको आज  सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले  सर्वसम्मतिले बिभिन्न पदमा कार्य समितिका पदाधिकारीहरु चयन गरेको हो। 

अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल चयन भएका छन् भने उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। 

त्यस्तै सचिवमा महालक्ष्मी बिकास बैंकका सीईओं बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवाका सीईओ, प्रविण बस्नेत निर्वाचित भएका छन् भने सदस्यमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक,  श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र  नविन सुवेदी, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक उमेश कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक निर्वाचित भएका छन्। 

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हाली सकेको कार्यलय सचिव हेम जङ्ग कार्कीले जानकार दिए। उनकाअनुसार एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आ.व. २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७÷०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । 

जम्मा १५ सदस्य विकास बैँकहरु मध्ये १४ सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो।  

अध्यक्ष ढकालले गत आ. व.मा कोभिड १९ ले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थामा धकेलेको भएतापनि सम्बद्ध सबैको प्रयासले बिकास बैंकहरुले ग्राहकहरुका समस्या धेरै हदसम्म सम्बोधन गर्न सफल भएको बताए। आफ्नो कार्यकालमा सहयोग पुर्याएकोमा सम्बद्ध सबैलाई ढकालले धन्यबाद दिए। 

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा  धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए। 

आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै भएको बताउदै पोखरेलले ९० वटा बिकास बैंक घटेर २० भन्दा तल आउदा पनि मार्केट शेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि भएको बताए।  

यस नतिजाले अझ राम्रो गर्नका लागि उत्साहित बनाएको भन्दै पोखरेलले अझ राम्रो गर्नलाई संगै सहकार्य गर्नलाई सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरे। त्यस्तै अप्ठ्यारो अबस्थामा पनि एसोसियसनलाई सफल्तापूर्वक नेतृत्व प्रदान गरेकोमा निर्वतमान अध्यक्ष गोबिन्द ढकाललाई नवनिर्वाचित अध्यक्ष पोखरेलले धन्यवाद दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved