महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 07:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  को स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् ।  शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठ स्टाण्डर्ड चाटर्ड बैंकबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन्  । उनी तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएकी थिइन्  ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association र Development Banker's Association मा आवद्द थिईन् ।  उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छिन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved