गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 03:37:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  का ग्राहकले ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् ।  आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमाले ल्याण्डमार्कसँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा छुटको लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् ।  

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट सेवा प्रदान गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved