विकास बैंकहरु व्यवसायमा आक्रामक, एक सातामै ३ अर्ब १५ करोड कर्जा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 12:37:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बिकास बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन्। एक सातामै विकास बैंकहरुको कर्जा लगानी ३ अर्ब १४ करोड ९० लाख रुपैयाँले बढेको विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसनले जनाएको छ। 

डीबीएनका अनुसार १५ वटा विकास बैंकहरुको निक्षेप एक सातामा अर्थात भदौ १९ देखि २५ गतेसम्म ७३ करोड १० लाख रुपैयाँले बढेको छ भने कर्जा लगानी ३ अर्ब १४ करोड ९० लाख रहेको छ।

प्रतिशतका हिसाबले गत साताको तुलनामा निक्षेप ०।१५ प्रतिशतले बढेर ४ खर्ब ८९ अर्ब २८ करोड पुगेको छ भने कर्जा लगानी ०।७१ प्रतिशतले बढेर ४ खर्ब ३७ अर्ब २३ करोड पुगेको छ। यो तथ्यांकमा कर्पोरेट, साहारा र साल्पाका व्यवसायिक तथ्यांक जोडिएको छैन।

त्यस्तै राष्ट्रिय स्तरको विकास बैंकहरुमा ९८ करोड २० लाखले बढेको छ भने कर्जा लगानी २ अर्ब ८९ करोड १० लाखले बढेको छ। प्रतिशतको हिसाबले निक्षेप वृद्धि ०।२४ प्रतिशतले बढेर ४ खर्ब १७ अर्ब ३६ करोड १० लाख पुगेको छ भने कर्जा लगानी ०।७९ प्रतिशतले बढेर ३ खर्ब ६८ अर्ब ८० करोड पुगेको छ। 

त्यस्तै क्षेत्रीय स्तरको विकास बैंकहरुमा निक्षेप घटेको छ भने कर्जा लगानी २५ करोड ८० लाख रुपैयाँले बढेको छ। प्रतिशतका हिसाबले निक्षेप ०।३५ प्रतिशतले घटेर ७१ अर्ब ९१ करोड ९० लाखमा सिमित भएको छ भने कर्जा लगानी ०।३८ प्रतिशतले बढेर ६७ अर्ब ४३ करोड पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved