सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 07:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले निःशुल्क दन्त परीक्षण शिविर गरेर साताब्यापी बार्षिकोत्सव कार्यक्रमको शुरुवात गरेको छ । बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै  कात्तिक ८ गते बालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएको बैंकले जनाएको छ  । बैंकले डेन्ट इन क्लिनिकको सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर गरेको हो । 

बैंकले  ९ गते  बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम गर्ने, १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर गर्ने, ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने, १२ गते विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गर्ने र  १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम गरिने जनाएको छ । 

यी कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved