सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 07:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले सामाखुसी स्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज आइतबार मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरी सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका हुन् । मानव सेवा आश्रम, सामाखुसीका संचालक यशोदा वर्तौलाले यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको  र यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भन्ने कामना व्यक्त गरेकी छिन् । 

घरवार विहिन,सडक पेटीमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका ब्यतिmहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघी स्थापना भएको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved