कामना सेवाद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई चेतनामूलक बोर्ड हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 12:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

“समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका छन् । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved